आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बिमा गर्न चाहनुहुन्छ ? सिद्धार्थ ईन्स्योरेन्सले दिन्छ घुम्ती सेवा

सोमबार, १४ पुस २०७६, १६ : ५९
सोमबार, १४ पुस २०७६

काठमाडौं– सिद्धार्थ ईन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँ पालिकावाट घुम्ती बिमा सेवाको एक समारोहको बीच सुरु गरेको छ । 

गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बिमाको माध्यामवाट सहज रुपमा बिमा सेवा प्राप्त हुने भएकोले यसवाट अत्याधिक लाभको लागि आग्रह गर्दै स्थानिय निकायसँगको सहकार्यमा घुम्ती बिमा अझ प्रभावकारी हुने हुँदा यस तर्फ ध्यान दिन आग्रह गरे ।

गाउँपालिका पदाधिकारी, अगुवा कृषक तथा स्थानिय जनताको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा गाउँपालिका उपाध्यक्ष लालसुव्वा गुरुङ्ग तथा नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले शुभकामना मन्तव्य दिएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती बिमा सेवाको उद्देश्य, महत्व र यसवाट हुने फाईदाहरुको सम्वन्धमा प्रकाश पार्दै घुम्ती सेवामार्फत घर दैलोवाटै बिमा सेवा लिन आग्रह गरे । समारोह स्थलवाटै केहि बिमा लेख समेत जारी गरीएको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप