‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
काठमाडौँ । १३ औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२४’ मा नमन उप्रेती, अभिमान दाहाल, डिजाश्री थापा र रायना बुढाथोकी शीर्ष विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिवार अबेर साँझ सम्पन्न प्रतियोगितामा जुनियर ब्वाईज, जुनियर गर्ल, सिनियर ब्वाईज र सिनियर गर्ल गरेर एकसाथ यी चार विजेता छानिएको हो ।
प्रतियोगितामा नमनले जुनियर ब्वाइज, अभिमानले सिनियर ब्वाइज, डिजाश्रीले जुनियर गर्ल र रायनाले सिनियर गर्लको उपाधि चुमेका हुन् । भव्य समारोहसहित पृथक् लाइट, साउन्ड र स्टेजसहित आयोजित प्रतियोगितामा जुनियर ब्वाइजतर्फ सार्थक बस्नेत फस्ट रनर अप, अद्विक श्रेष्ठ सेकेन्ड रनर अप, प्रत्युस बास्कोटा थर्ड रनर अप हुँदा सिनियर ब्वाइजतर्फ आरभ गौतम फस्ट रनर अप, सौगात घिसिङ सेकेन्ड रनर अप र कृतज्ञ डंगोल थर्ड रनर अप भए ।
त्यस्तै जुनियर गर्लतर्फ चाँदश्री पाण्डे फस्ट रनर अप, प्रविष्टी सपुत सेकेन्ड रनर अप र सुशाशिका घर्तीमगर थर्ड रनर अप बन्दा सिनियर गर्लतर्फ श्रेयानी पाठक फस्ट रनर अप, पौरवी विष्ट सेकेन्ड रनर अप र सौर्य पाण्डे थर्ड रनर अप छानिए ।
विभिन्न तामझामसहित आयोजित कार्यक्रम बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । फैजु डेढ दशकदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
प्रवेशमान शाक्य (गायक), सम्पूर्ण देवापाटे (सिनियर एकेडेमिक म्यानेजर जेभियर इन्टरनेशनल कलेज), ईश्वर हमाल (कोअडिनेटर) ज्ञानोदय बालबाटिका स्कुल), आशिष थापा (निर्देशक आरए इभेन्ट म्यानेजमेन्ट कम्पनी), महेश्वरी अमात्य (संस्थापक अध्यक्ष लाइफ स्कुल), अनामिका कार्की (स्कुल प्रोग्राम म्यानेजर काठमाडौँ युरो आईबी वर्ल्ड स्कुल), निशा थापा (फाउन्डर प्रिन्सिपल युरो किड्स इमाडोल), नीलिमा मास्के श्रेष्ठ ( फाउन्डर प्रिन्सिपल ब्युटिफुल माइन्डस् प्रि स्कुल) लगायत निर्णायक प्रतियोगितामा रहेका थिए ।
७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैंले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेता सबैले उपाधिको साथमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी अवसर प्राप्त गरेका छन् ।
कार्यक्रममा वरिष्ठ गायक प्रवेशमान शाक्यले गीतको प्रस्तुति मार्फत साङ्गीतिक मनोरञ्जन दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण