मधेस आन्दोलनका घाइतेलाई एक लाख सहयोग
सिरहा । सिरहा मधेस आन्दोलनमा खुट्टा गुमाएका सिरहा लहान नगरपालिका २४ गोविन्दपुरका किसुन साहलाई एक समाजसेवीले एकलाख रुपैयाँ सहयोग गरेका छन् । काठमाडौंको ललितपुर उपमहानगरपालिका १६ नकवहाल, तोलाछेका ७९ वर्षीय मदनकुमार श्रेष्ठले साहलाई एकलाख रुपैयाँ सहयोग गरेका हुन् ।
श्रेष्ठले मधेस आन्दोलनका घाइते साहको दुःखान्त जीवनी एक पत्रिकामा पढेपछि उनको घरनिर्माणमा सहयोग पुर्याउने उदेश्यले रकम पठाएको बताएका छन् । उनले सिरहाका पत्रकार मणिलाल विश्वकर्माको नाममा पठाएको रकम आजै एक कार्यक्रमको आयोजना गरी मानवअधिकारकर्मी राजकुमार राउतको हातबाट प्रदान गरिएको हो ।
घाइते साहले आफूसँग भएको केही पैसा र उधारो गरी घर बनाउँदै गरेको घर अधुरै रहेको खबरले श्रेष्ठले त्यसलाई पुरा गर्न सहयोग पुग्ने भन्दै पैसा पठाएको बताए । रकम हस्तान्तरणको क्रममा मानवअधिकारकर्मी राउतले जनआन्दोलन तथा मधेस आन्दोलनका घाइतेहरुलाई राज्यले कम्तिमा आवास, स्वास्थ्य र छोराछोरीको शिक्षाको लागि सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘उहाँहरुकै बलिदानीका कारण मधेसवादी दलहरु आज सरकारमा छन्, भोली पनि जालान् तर घाइते र सहिद परिवारको बारेमा खासै चासो दिएनन् । अब उनीहरुको समस्या बुझ्न ढिला गर्नु हुँदैन ।’
सोही क्रममा साहका छोराछोरीलाई लहान २४ का वडा अध्यक्ष कमलदेवी यादवले स्कूल पोशाक र पुस्तक तथा स्टेशनरी प्रदान गरेकी छिन् । निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राजलाल गुप्ता तथा भूमिका यातायात प्रालिका भुपाल घिमिरेले पनि स्टेशनरी प्रदान गरेका छन् ।
लहान बजारमा रिक्सा चलाएर जीविका चलाउँदै आएका घाइते साहलाई मधेस आन्दोलनको पहिलो साता २०६४ माघ ८ गते प्रहरीले चलाएको गोली लागेको थियो । त्यही गोलीले उनको दाहिने खुट्टाको घुडा तलको भाग टुक्रिएको थियो । त्यसपछि महिनौ अस्पताल बसेर घर आएका साहको दैनिक जीवन कष्टकर बन्दै आएको छ । लामो समय गिटी बालुवा चालेर जीविका धान्दै आएका साह अहिले सिटी रिक्सा चलाएर २ छोरा, १ छोरी र श्रीमतीसहित पाल्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक
-
सहकारी प्रकरणमा राजनीतिक ‘जुगलबन्दी’
-
जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी
-
शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आवश्यक छ : मन्त्री चौधरी
-
नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली
-
पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे