शुभमन र साईको कीर्तिमानी साझेदारी, चेन्नईलाई झट्का
अहमदाबाद । कप्तान शुभमन गिल र साई सुदर्शनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो विकेटका लागि सबैभन्दा ठुलो साझेदारीको कीर्तिमान बराबरी गर्दा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई सजिलै हराउन सफल भएको छ । शुक्रबार राति भएको खेलमा गुजरात ३५ रनले विजयी बनेको हो ।
२ सय ३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९६ रन मात्र बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा चेन्नईले निकै खराब सुरुवात गरेको थियो । मात्र १० रनमा टोलीका शीर्ष तीन ब्याट्सम्यान पभेलियन फर्किसकेका थिए ।
तर डेयर्ल मिचेल र मोइन अलीले शतकीय साझेदारी गर्दै टोलीलाई खेलमा फर्काएका थिए । मिचेलले ३४ बलमा ६३ रन बनाए । उनले ६ चौका र ३ छक्का हिर्काए । त्यस्तै, अलीले ३६ बलमा ५६ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

शिवम दुवेले १३ बलमा २१ रन तथा रवीन्द्र जडेजाले १० बलमा १८ रन जोडे । खेलको अन्त्यतिर पूर्वकप्तान महेन्द्र सिंह धोनीले ११ बलमा २६ रन बनाए पनि टोलीलाई जितसम्म डोर्याउन सकेनन् ।
गुजरातका लागि मोहित शर्माले ३ विकेट लिए भने रासिद खानले २ तथा सन्दीप वारियर र उमेश यादवले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो । ओपनरद्वय गिल र सुदर्शनले पहिलो विकेटका लागि २ सय १० रनको साझेदारी गरे ।

गिलले मात्र ५५ बलमा १ सय ४ रन बनाए । उनले यस क्रममा ९ चौका र ६ छक्का हिर्काए । त्यस्तै, सुदर्शनले ५१ बलमा १ सय ३ रन जोडे । उनले ५ चौका र ७ छक्का प्रहार गरे ।
डेभिड मिरले १६ रनको योगदान दिए । चेन्नईका लागि तुसार देशपाण्डेले २ विकेट लिए ।
पराजयपछि प्लेअफमा सजिलै पुग्ने चेन्नईको सपनामाथि ठुलो धक्का लागेको छ । १२ खेलपछि चेन्नई १२ अङ्कसहित चाैथाे स्थानमा रहेको छ । गुजरात भने १२ खेलबाट १० अङ्कसहित आठौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026