हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको औकात, क्षमता र आवश्यकता अनुसार खेलकुद क्षेत्रको योजना बनाउने बताएका छन् । केही योजना बनिरहेको र आवश्यकता अनुसार बाँकी योजना पनि बनाइने उनको भनाइ छ ।
शनिबार बिहान कर्णाली हाफ म्याराथनको उद्घाटन गर्दै कँडेलले कर्णालीको खेलकुदको विकासको लागि प्रदेश सरकारले उत्साहित वातावरण तयार गरिरहेको पनि उल्लेख गरे ।
‘समृद्ध र विकास गर्नका लागि केवल खेलकुद मात्र हैन सबै क्षेत्रमा दौडिने गरी आ–आफ्नो कार्य योजना र संलग्नतासहित अघि बढ्नुपर्छ,’कँडेलले भने, ‘त्यसो गर्न सकिए मात्रै हामीले कर्णालीलाई अगाडी बढाउन सक्छौँ।’
कँडेलले कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुदलाई प्रभावकारी र कर्णालीले पनि गर्न सक्छ भन्ने उद्देश्यका साथ प्रमुखताका साथ ध्यान दिइरहेको पनि बताए । उनले अगाडि थपे, ‘यसलाई सफल पार्न अहिले देखिनै सबै साथीहरूले अग्रसरता देखाउनुहुने छ भन्ने अपेक्षा गर्दछु ।’
दौडिने कुरा समयलाई ख्याल गरेर दौडिन सके मात्रै लक्ष्यमा पुग्न सकिने उनको भनाइ छ । ‘दौडिने भन्ने समयलाई ख्याल गरिएन भने जहाँको त्यहीँ रहने स्थिति रहन्छ, त्यतातर्फ सबैले ध्यान दिनुपर्छ,’कँडेलले भने ।
रेश नेपालको आयोजना र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा सुरु भएको हाफ म्याराथनमा देशभरबाट ९ सय बढी सहभागी भएका छन् ।
प्रतियोगिता वीरेन्द्रनगरको घण्टाघरबाट सुरु भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार रुपैयाँ पुरस्कार दिइने छ । दौड संस्कृतिको प्रवर्द्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियान अन्तर्गत उक्त म्याराथन प्रतियोगिता गरिएको कार्यक्रम संयोजक एवं वीरेन्द्रनगर नगरपालिकाका पूर्वमेयर देवकुमार सुवेदीले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु