छत्तिसगढ : सुरक्षा बलसँगको भिडन्तमा सन्दिग्ध १२ माओवादीको मृत्यु
छत्तिसगढ । माओवादी प्रभावित छत्तिसगढको बस्तरमा भएको सुरक्षा बलसँगको भिडन्तमा १२ सन्दिग्ध माओवादी मारिएको दाबी गरिएको छ । प्रहरीले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ ।
शुक्रबार बिहानै गंगालुरको पेडिया जंगलमा माओवादी भएको खबर पाएपछि सेनाको टोली अपरेसनका लागि गएको प्रहरी अधिकारीले बताए । बिहान सन्दिग्ध माओवादीहरूसँग भिडन्त सुरु हुँदा बिजापुरबाहेक दन्तेवाडा र सुकमा जिल्लाबाट पनि ठुलो सङ्ख्यामा जिल्ला रिजर्भ गार्ड र कोबरा बटालियनका जवानहरू पठाइएको थियो।
साँझसम्म मुठभेड स्थलबाट १२ माओवादीको शव फेला परेको छ । घटनास्थलबाट ठुलो सङ्ख्यामा हतियार पनि बरामद भएको छ । अहिले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस वर्षको जनवरीदेखि माओवादीविरुद्ध सुरक्षा बलले ठुलो अपरेसन सुरु गरेको छ । त्यसमा ठुलो सङ्ख्यामा माओवादी मारिएका छन् ।
गत महिनाको १६ गते सुरक्षा बलले भिडन्तमा २९ माओवादी मारिएको दाबी गरेको थियो । एउटै भिडन्तमा यति ठुलो सङ्ख्यामा माओवादी मारिएको माओवादी इतिहासमा पहिलोपटक थियो ।
यसअघि अप्रिल २ मा प्रहरीले बस्तरमा नै १३ सन्दिग्ध माओवादी मारेको दाबी गरेको थियो। ३० अप्रिलमा पनि प्रहरीले मुठभेडमा १० सन्दिग्ध माओवादी मारिएको बताइएको थियो । अप्रिल महिनामा प्रहरीले बस्तरमा ५९ माओवादी मारेको दाबी गरेको थियो ।
यता राज्यका गृहमन्त्री विजय शर्माले माओवादीलाई शान्ति वार्ताका लागि अगाडि आउन आग्रह गरिरहेका छन् । तर माओवादी यसका लागि तयार छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण