डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो
मङ्गलबार, १८ वैशाख २०८१, २१ : १८
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ (सात) ले वृद्धि गरेको हो ।
नयाँ मूल्य सूची बुधबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र एल. पि. ग्यासको बिक्री मूल्य यावत रहेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटेर तथा हवाई इन्धनको मूल्य बढेर आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण