बैतडीमा भारतको सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास
बैतडी । भारत सरकारको सहयोगमा बैतडीको पाटल नगरपालिका–४ मा श्री भूमेश्वर माध्यमिक विद्यालयको विद्यालय भवन बन्ने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले विद्यालय भवन ब्लक–ए र ब्लक–सीको निर्माणमा उपयोग गरिनेछ ।
पाटन नगरपालिकाका मेयर गौरी सिंह रावल र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले भारत सरकारको नेरु. ३.१०५ करोड आर्थिक सहयोगमा बन्न लागेको विद्यालय भवनको शुक्रबार संयुक्त रूपमा शिलान्यास गरेका हुन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।
भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइनेछ र बैतडीको पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयर सिंहले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना बैतडीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण