जेलबाट निस्केपछि के भने केजरीवालले ?
नयाँ दिल्ली । सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर तिहाड जेलबाट आफ्नै निवास फर्किएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले देश तानाशाहीको कालखण्डबाट गुज्रिरहेको र यसको विरुद्ध सबैले मिलेर लड्नुपर्ने बताएका छन् । केजरीवाल ५० दिनपछि सर्वोच्च अदालतबाट अन्तरिम जमानत लिएर जेलमुक्त भएका हुन् ।
पत्रकारहरूसँग कुरा गर्दै केजरीवालले शनिबार हनुमान मन्दिरमा पूजा र पत्रकार सम्मेलन गर्नुका साथै दक्षिण दिल्लीमा पञ्जाबका मुख्यमन्त्री भगवन्त मानसँग रोड शोमा पनि भाग लिने बताए । आफ्नो निवासमा पुगेर केजरीवालले भने, ‘म देशका करोडौँ जनतालाई धन्यवाद दिन चाहन्छु, उनीहरूले आफ्नो प्रार्थना, आशीर्वाद पठाए, जसका कारण म आज जेलबाट छुटेको छु।‘
अरविन्द केजरीवालमाथि दिल्लीको कथित मदिरा नीति घोटालामा भ्रष्टाचारको आरोप छ। उनलाई प्रवर्तन निर्देशनालयले चैत २१ गते पक्राउ गरेको थियो ।
केजरीवालले भारत अहिले तानाशाही कालबाट गुज्रिरहेको आरोप लगाए । उनले भने, "आज देश तानाशाहीको चरणबाट गुज्रिरहेको छ। हाम्रो देश चार हजार वर्षभन्दा पुरानो छ। हाम्रो देश एक महान् देश हो, जब कसैले तानाशाही गर्न खोज्यो, जनताले उसलाई कहिल्यै सहन गरेनन्।’
उनले थपे, ‘तन, मन र धनले तानाशाहीको विरुद्ध लडिरहेको छु, हामी सबै मिलेर यो अधिनायकवादलाई परास्त गर्नुपर्छ । म जनतालाई अपिल गर्दछु, देश बचाउनको लागि हामी सबै एकजुट भएर लाग्नुपर्छ ।’
केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनलाई सर्वोच्च अदालतले जुन १ गतेसम्म सशर्त जमानत दिएको छ । यस अवधिमा केजरीवाल आफ्नो सरकारी कार्यालयमा जान पाउने छैनन् साथै कुनै पनि फाइलमा हस्ताक्षर गर्न पाउने छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण