ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक जना घाइते
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका–५ तरैनीका १३ वर्षीय गोलु (राहित) कँकर रहेका छन् ।
सुस्ता–३ स्थित विगैपको भित्री सडकखण्ड कुडियादेखि रतनगञ्ज जाँदै गरेको लु ३ त २८४ नं. को ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा कँकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । घाइते भएका कँकरलाई उपचारका लागि जिल्लास्थित पृथ्वी चन्द्र अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बोहराले बताए ।
यसैगरी ट्याक्टर दुर्घटनामा सुस्ता–४ नर्सहीका २१ वर्षीय सुकई मल्लाह गम्भीर घाइते भएका छन् । उनलाई जिल्ला अस्पतालबाट रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण