शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

जसले कतारबाट काठमाडौँमा २५ ग्राम सुन ल्याइदिए उनैको अपहरण

दुईजना आरोपी पक्राउ
मङ्गलबार, १८ वैशाख २०८१, १७ : ४३
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । कतार विमानस्थलबाट काठमाडौँ उड्न लाग्दा अपरिचितले दिएको सुन बोकेर आएका एकजना पुरुष अपहरणमा परेका छन् । सप्तरीको राजविराज नगरपालिका–१३ घर भएका सितेन्द्र यादव अपहरणमा परेका हुन् ।

वैशाख १७ मा त्रिभुवन विमानस्थलबाट अपहरण गरेको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टिमले उनको उद्धार गरेको छ । आरोपीहरूले उनीसँग ४ लाख ८० हजार रकम फिरौती मागेर बन्धक बनाएका थिए । मंगलबार उनको सिनामंगलबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।

अपहरणमा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका २५ वर्षीय अजिम अली र २५ वर्षकै एम.डी. सनि अलाही छन् ।

कतारबाट नेपाल आउन लाग्दा पीडीतलाई मनसुर अली नामका व्यक्तिले आफ्ना भतिज अजिम अलिलाई दिनु भनेर सुन दिएका थिए । सुन काठमाडौँ ल्याएबापत उनलाई १० हजार आउने भनिएपनि सो रकम नपाएको पीडितले बताए । सितेन्द्र उल्टो अपहरणमा परे ।

फरक व्यक्ति विमानस्थलमा गएर सुन लगेपछि आरोपीहरूले अपहरण गरेर बन्धक बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आफ्नो सुन हराएपछि आरोपीहरूले सितेन्द्रको साथमा भएको १७ हजार नगद पनि लुटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप