जसले कतारबाट काठमाडौँमा २५ ग्राम सुन ल्याइदिए उनैको अपहरण
काठमाडौँ । कतार विमानस्थलबाट काठमाडौँ उड्न लाग्दा अपरिचितले दिएको सुन बोकेर आएका एकजना पुरुष अपहरणमा परेका छन् । सप्तरीको राजविराज नगरपालिका–१३ घर भएका सितेन्द्र यादव अपहरणमा परेका हुन् ।
वैशाख १७ मा त्रिभुवन विमानस्थलबाट अपहरण गरेको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टिमले उनको उद्धार गरेको छ । आरोपीहरूले उनीसँग ४ लाख ८० हजार रकम फिरौती मागेर बन्धक बनाएका थिए । मंगलबार उनको सिनामंगलबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
अपहरणमा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका २५ वर्षीय अजिम अली र २५ वर्षकै एम.डी. सनि अलाही छन् ।
कतारबाट नेपाल आउन लाग्दा पीडीतलाई मनसुर अली नामका व्यक्तिले आफ्ना भतिज अजिम अलिलाई दिनु भनेर सुन दिएका थिए । सुन काठमाडौँ ल्याएबापत उनलाई १० हजार आउने भनिएपनि सो रकम नपाएको पीडितले बताए । सितेन्द्र उल्टो अपहरणमा परे ।
फरक व्यक्ति विमानस्थलमा गएर सुन लगेपछि आरोपीहरूले अपहरण गरेर बन्धक बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आफ्नो सुन हराएपछि आरोपीहरूले सितेन्द्रको साथमा भएको १७ हजार नगद पनि लुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण