मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

गोदावरी नगरपालिकाले बस सञ्चालन गर्ने

आइतबार, २५ फागुन २०७६, १५ : ००
आइतबार, २५ फागुन २०७६

ललितपुर । गोदावरी नगरपालिकाले छिट्टै पाँच नगर बस सञ्चालन गर्ने भएको छ । चापागाउँमा नगरपालिकाको कार्यालय रहँदा दुई बस चढेर आउनुपर्ने जनताको गुनासो बढेसँगै गोदावरीले उक्त बस सञ्चालन गर्न लागेको हो । 

कार्यालयबाट पर रहेको स्थान वडा नं १ गोदामचौर, वडा नं २ विशङ्खु, वडा न। ७ देवीचौर, वडा नं ८ डुकुछाप र वडा नं ९ छम्पी हुँदै बस घुमाएर जनतालाई सुविधा दिइने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । उनले भने, ‘बस खरिदका लागि हामीले यही फागुन २ गतेको छैटौँ नगरसभाको निर्णयमा रु दुई करोड रकम खर्च गर्ने योजना बनाएका छौँ ।’ नगरपालिकाले पहिलो पटक आफ्नो लगानीमा उक्त बस खरिद गर्न लागेको महर्जनले बताए ।

नगरपालिकाले बस खरिद गरी सुविधा पु¥याएसँगै कार्यालयमा काम लिन आउन अपायक भयो भन्ने जनतालाई राहत पुग्ने वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले विश्वास व्यक्त गरे । ‘बस खरिद गरेर ल्याएपछि कहाँबाट कति भाडा लिने भन्ने कुराको कार्यविधि बनाएर मात्र सञ्चालन गर्छौ’, घिमिरेले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप