वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा
बुटवल । शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बुटवलको अमर पथ,हाट बजार लाइनसहितका क्षेत्र डुबानमा परेको हो । बुटवलका अधिकांश नालीहरू फोहोरले पुरिएकोले ठुलो पानी पर्दा डुबानमा परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
_ef1yHdKl6s.jpg)
अहिले पानी घटे पनि हिलो र लेदो सडकमा थुप्रिएको छ । रुपन्देही उद्योग सङ्घको कार्यालय र पश्चिम नेपाल बस समितिको कार्यालय भित्र पानी पसेको प्रहरीले जनाएको छ । डुबानका कारण सडक अस्तव्यस्त भएपछि यहाँस्थित न्यू होराइजन स्कुलले आज बिदा दिएको छ । सोह्र छत्तिस कुलोको छेलमा रहेको सो स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरू समेत डुबेको प्रहरीले जनाएको छ।
यसैबिच वर्षापछि पहिरो खसेर अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गतका पाल्पा–बुटवल सडक खण्ड पाँच घण्टापछि पुनः सञ्चालनमा आएको छ ।
_O9VAtL7Lde.jpg)
राजमार्गको तिनाउ गाउँपालिका–३, दोभानको पैठेडाँडादेखि सिद्धबाबा मन्दिरसम्म चार स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । दोभान प्रहरी चौकी पाल्पाका अनुसार पहिरो खसेर अवरुद्ध बनेको राजमार्गमा पहिरो पन्छाएपछि अहिले अहिले सवारी साधन चल्न सुरु गरेका छन् । निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण