लुम्बिनी विकास कोषका सल्लाहकार सिद्धार्थ गुरुङ पक्राउ
सोमबार, ३१ वैशाख २०८१, २१ : २८
काठमाडौँ । लुम्बिनी विकास कोषका सल्लाहकार सिद्धार्थ गुरुङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध बलात्कार मुद्दामा जाहेरी आएपछि पक्राउ गरिएको रुपन्देहीका एसपी रन्जित सिंह राठौरले रातोपाटीलाई बताए ।
गुरुङ बुटवलका स्थानीय हुन् । उनीविरुद्ध एक महिलाले जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । पीडित र गुरुङ पूर्व परिचित हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार उनीहरू व्यापारिक साझेदार पनि थिए ।
गुरुङमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको एसपी राठौरले जानकारी दिए । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको कार्यसमितिमा उनलाई सल्लाहकार नियुक्त गरिएको थियो । तर, कोषको अफिसियल रेकर्डमा गुरुङको विवरण नभेटिएको कोषका एक सदस्यले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँ हामीसँगै नियुक्त हुनुभएको हो तर मैले अफिसियल रेकर्ड भेटिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण