तरुण दलको बैठकमा कुटाकुट
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा हानाहान भएको छ । सोमबार बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको केन्द्रीय समिति बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच कुटाकुट भएको हो ।
गुरुङ समूहका दिल लामालाई न्यौपानेले समूहका रोहित लामाले कुटपिट गरेको आरोप छ । न्यौपानेले तरुण दलको नयाँ कमिटी आएको ३ वर्ष कट्न लागेपनि केही गर्न नसकेको आइतबार स्टाटस लेखेका थिए । अध्यक्ष गुरुङ नेतृत्वको कमिटीले मुद्रा (पौसा) संकलन र जन्मदिनको केक काट्ने बाहेक अरू काम गर्न नसकेको उनको टिप्पणी थियो । आफूलाई तरुण दलको केन्द्रीय सदस्य हो भन्न नि लाज भइसकेको पनि लेखेका थिए ।
सामाजिक सञ्जालमै गुरुङ र न्यौपाने समूहबिच आरोप–प्रत्यारोप चलेको थियो । गुरुङ र न्यौपाने समूहबिच विवाद बढ्दै जाँदा केन्द्रीय समिति बैठकमा कुटाकुट भएको देखिन्छ । तरुण दलमा दुई वटा समूहमा रहेका गुरुङ र न्यौपाने भाउ पार्टीमा सभापति शेरबहादुर देउवा पक्षमा मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण