खैरो हिरोइनसहित पोखराबाट २ जना पक्राउ
सोमबार, ३१ वैशाख २०८१, २० : २३
पोखरा । पोखराबाट खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन् । पोखरा ३० खुदीमा लागूऔषध कारोबार भएको सूचना पाएपछि खानतलासी गर्दा खैरो हिरोइनसहित उनीहरु पक्राउ परेका हुन् ।
सडक किनारमा पार्किङ गरिराखेको ग११प ७७४५ नम्बरको स्कुटरबाट ०.६२ ग्राम खैरो हिरोइन बरामद भएको हो । कारोबारमा संलग्न भएको आरोपमा पोखरा ३० खुदीका २६ वर्षीय किरण पौडेल र २४ वर्षका वसन्तराज घिमिरे पक्राउ परेका छन् ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण