नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु
सोमबार, ३१ वैशाख २०८१, १३ : ३५
काठमाडौँ । कैलाली र डडेल्धुरामा नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु भएको छ ।
कैलालीको कैलारी गाउँपालिका-८ स्थित लोहरपुर तेडी बाध नदीमा डुबेर सोही ठाउँ बस्ने बालु साउदकी छोरी १३ वर्षीया दुर्गा साउद र सिताराम खड्काको छोरा ७ वर्षीय अमिल खड्काको आइतबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूमध्ये अमिलको उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्र हसुलियामा र दुर्गाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ स्थित सिमताल खोलामा नुहाउने क्रममा डुबेर सोही गाउँपालिका-२ कुँवरगाउँ बस्ने इन्द्र बहादुर मल्लकी छोरी १४ वर्षीया दिपा मल्ल र नारद सार्कीकी छोरी १७ वर्षीया लक्ष्मी सार्कीको आइतबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण