जसपा विभाजन
लुम्बिनीका दुई सांसद जसपामा खुले
आइतबार, ३० वैशाख २०८१, १५ : ३७
बुटवल । लुम्बिनी प्रदेशसभाका दुई सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी (जसपा)मा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् ।
दुवै जना बाँके क्षेत्र नं। २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।
अहिर लुम्बिनी प्रदेशको कृषि मन्त्री समेत रहेका छन् ।
लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेकोमा अव उपेन्द्र यादव तिर समानुपातिक सांसद अम्बिका काफ्ले मात्रै रहेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण