संसद्मा आउन कांग्रेसलाई एमालेको आग्रह
सोमबार, ३१ वैशाख २०८१, १४ : ५२
विराटनगर । नेकपा एमाले कोशी प्रदेशले नेपाली कांग्रेसलाई संसदमा उपस्थित हुन आग्रह गरेको छ ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अल्पमतमा परिसकेको सरकार विस्थापित भएर नयाँ सरकार बनिसकेको कारण प्रदेशसभामा कांग्रेस पनि सहभागी हुनुपर्नेमा जोड दिएका हुन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि चलिरहेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसअघि कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको बेलामा हतारमा मुख्यमन्त्रीले विश्वासको मत लिनु नहुने भन्दै कांग्रेस प्रदेशसभामा अनुपस्थिति रहने निर्णय गरेको थियो ।
भण्डारीले स्थिरता र विकासको बाटोमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार अगाडि बढ्नसक्ने भन्दै विश्वासको मत दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण