तलब नपाएपछि तोडफोडमा उत्रिए पिएन क्याम्पसका शिक्षक
पोखरा । पृथ्वीनारायण क्याम्पस (पिएन) मा कार्यरत शिक्षकहरु तलब नपाएपछि तोडफोडमा उत्रिएका छन् । ६ महिनादेखि तलब नपाएको भन्दै क्याम्पसका शिक्षकहरु तोडफोडमा उत्रिएका हुन् । क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले आफ्नो माग पूरा नभएको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् । शिक्षकहरुले तोडफोड गर्दा क्याम्पस प्रमुखको कार्यकक्षको २ वटा झ्याल फुटेका छ भने केही कुर्सी पनि भाँचिएका छन् ।
यसअघि आंशिक शिक्षक संघ तलबको माग राख्दै ज्ञापनपत्र बुझाउन पुगेको थियो । क्याम्पसका आंशिक शिक्षक विष्णु गौतमका अनुसार माग लिएर क्याम्पस प्रमुखलाई भेट्न जाँदा बैठकको बहाना पारेर भेट्न आनाकानी गरेपछि परिस्थिति तोडफोडसम्म पुगेको थियो । शिक्षकहरुले प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।
यसअघि पनि क्याम्पसमा आंशिक शिक्षक र प्रशासनबीच लफडा भएको थियो । ७० प्रशित कक्षाभार सम्हालेका आंशिक शिक्षकलाई मासिक तलब हुनुपर्ने माग राख्दै आंशिक शिक्षकहरुले पठन पाठन रोकेका थिए । पीएनमा २ सय २० आंशिक शिक्षक कार्यरत छन् । तस्बिरः विष्णु गौतम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकार ढल्दै, अब कसको नेतृत्वमा नयाँ सरकार ?
-
माओवादीद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता
-
शीर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना सम्भव छैनः मन्त्री श्रेष्ठ
-
सर्वोच्च परिसरबाट तारा बरालसहित ६ जना पक्राउ
-
मधेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा
-
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको तयारी