मधेश प्रदेश
माओवादीद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता
आइतबार, ३० वैशाख २०८१, १७ : ०३
वीरगन्ज । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएलगत्तै माओवादी केन्द्रले प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ता लिएको पत्र पठाएको छ ।
माओवादी संसदीय दलका नेता भरत साहले प्रदेश प्रमुखको नाममा पत्र लेख्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।
माओवादी केन्द्रले नेपालको संविधानको धारा १६८ अनुसार दिएको समर्थन आजैका मितिदेखि फिर्ता लिइएको प्रदेश प्रमुखको कार्यालयको नाममा लेखेको पत्रमा उल्लेख छ ।
केहीबेर अगाडि मात्रै माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण