गण्डकी प्रदेशका सात स्रष्टा सम्मानित
पोखरा । गण्डकी प्रदेशका सात जना स्रष्टा सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले तेस्रो स्थापना दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट लोक संस्कृतिकर्मी खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका लेखक भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ सम्मानित भए ।
उनीहरुलाई नगद १ लाखसहित सम्मान गरिएको हो । यस्तै, गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लेखक सरस्वती प्रतिक्षा ५० हजार नगदसहित सम्मानित भएकी छिन् । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधामा स्याङ्जाका रविन गुरुङ र कला विधामा मुस्ताङका छिरिङ फोन्जो गुरुङ सम्मानित भए । उनीहरुलाई जनही ५० हजार दिइएको हो ।
उनीहरुलाई गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ लगायतले सम्मान गरे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको छनोट समितिले सम्मानित स्रस्टाहरु छनोट गरेको हो । स्थापना दिवसकै अवसरमा प्रतिष्ठान परिसरमा निर्माण गरिएको स्रस्टा स्मृति पार्क उद्घाटन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
-
अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण : राष्ट्रिय महत्त्वका सम्पदामा तीनै तहको सरकारले स्रोत ब्यहोर्ने
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण