प्रदेश
मधेस प्रदेश सरकारबाट एमाले पनि बाहिरिने
आइतबार, ३० वैशाख २०८१, १५ : २८
काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिने भएको छ । त्यसका लागि अहिले जनकपुरमा एमाले मधेस प्रदेश संसदीय दलको पदाधिकारी बैठक बसिरहेको छ ।
एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले दलको पदाधिकारी बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिए ।
‘हामी अहिले दलको पदाधिकारी बैठक बसिरहेका छौ । बैठकबाट औपचारिक निर्णय गर्छौ’, यादवले रातोपाटीसँग भने, ‘सरकारमा नबस्ने भएपछि समर्थन कायम राख्ने कुरा पनि हुँदैन ।’
यसअघि माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । मधेस प्रदेशमा जसपा नेपालका मुख्यमन्त्री छन् । एमाले र माओवादी दुवै सरकारबाट बाहिरिए मधेस प्रदेशमा जसपा नेपालको सरकार ढल्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
-
पूजाले चुमिन् ‘द मिसेस नेशनल’को ताज
-
एउटै वडाले बनायो २२ किलोमिटर सडक कालोपत्रे
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण