चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३५ जनाको उद्धार, तीन हजारको उपचार
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा सशस्त्र प्रहरीले ३६ जनाको उद्धारका साथै तीन हजारको स्वास्थ्य उपचार गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको विपद् व्यवस्थापन टिमद्वारा मेला अवधिभर ३६ जनाको उद्धार र स्वास्थ्य शिविरबाट तीन हजार एक सय अठारजना दर्शनार्थीलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा राखिएको मोटरबोटसहितको विपद् उद्धार टोलीले स्नान गर्दा खोलाले बगाएर लगेका, खोलामा बेहोस् भएका गरी ३६ जनाको उद्धार गरिएको मुख्यालयका नायब महानिरीक्षक अञ्जनीकुमार पोख्ररेलले जानकारी दिए ।
मेलालाई व्यवस्थित र सुरक्षित बनाउन तीन सयजना सुरक्षाकर्मी खटाइएको र प्रहरी नायव उपरिक्षकको कमाण्डमा मेलाको अवधिभर स्नानस्थल तथा कार्यक्रमस्थलमा फौज परिचालन गरिएको उहाँको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भदौ १९ मा प्रदर्शन हुने फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक
-
ओली हटाउने पक्षमा गण्डकी एमाले
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण