दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
नयाँ दिल्ली । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई यो आईपीएल सिजनका तीन खेलमा स्लो ओभर रेटका कारण शनिबार एक खेलको प्रतिबन्ध लगाइएको छ । भर्चुअल सुनुवाइपछि यो निर्णय गरिएको हो ।
दिल्ली क्यापिटल्सले मे ७ मा राजस्थान रोयल्स, ३ अप्रिलमा कोलकाता नाइट राइडर्स र २१ मार्चमा चेन्नई सुपर किंग्सविरुद्ध स्लो ओभर खेलेको थियो। जसका कारण पन्तलाई कप्तानको रूपमा आईपीएल आचारसंहिता उल्लङ्घन गरेको आरोप लागेको थियो ।
उनलाई राजस्थान रोयल्सविरुद्धको खेलका लागि ३० लाख जरिवाना पनि गरिएको छ । यसअघि कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध २४ लाख जरिवाना गरिएको थियो भने चेन्नई सुपर किंग्सविरुद्ध १२ लाख रुपैयाँ जरिवाना लगाइएको थियो।
आईपीएलको आचारसंहिता अनुसार स्लो ओभर रेटमा कुनै टोलीका कप्तान पहिलो पटक दोषी पाइएमा १२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ । यदि कप्तानले सिजनमा दोस्रो पटक स्लो ओभर रेटको कसुर गरेमा २४ लाख जरिवाना हुनेछ । तेस्रो पटक गल्ती गरे कप्तानलाई एक खेलको प्रतिबन्ध र ३० लाख रुपैयाँ जरिवाना हुनेछ ।
दिल्ली अझै प्लेअफको दौडमा छ । दिल्ली १२ खेलबाट १२ अङ्क जोडेर अङ्क तालिकाको पाँचौँ स्थानमा छ । दिल्ली क्यापिटल्सले आइतबारको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ । मे १२ मा हुने यस खेलमा दिल्ली क्यापिटल्सको टोली पन्तविनाको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण