सानिमा बैंकका ग्राहकले दराजबाट सामान किने २ हजारसम्म छुट पाउने
सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गदा विशेष छुट दिने भएको छ । यस्तो छुट बैंकका डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्तालाई सपिङमा दराजले न्यूनतम १ हजार ५०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्म छुट दिने भएको हो ।
शुक्रबार सानिमा बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रालिका डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुयालले सहमतिपत्रमा हस्ताक्षर गर्दै व्यवसायिक साझेदारीको घोषणा गरेका छन् ।
बैंक र दराज बीचको सहमतिअनुसार दराजद्वारा सञ्चालित ‘महाबचत बजार योजना’ अन्तर्गत सानिमा बैंकमा ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा सपिङ्गमा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्डको प्रयोगमा अधिकतम २० प्रतिशत वा २ हजार रुपैयाँ छुट पाउनेछन् । तर, यो योजना साउन ३ गतेदेखि ७ गतेसम्म मात्र लागू हुनेछ ।
हाल सानिमा बैंकका देशैभर कुल ८६ शाखा कार्यालय रहेका छन् भने १७ विस्तारित काउन्टर र ९५ एटिएम सञ्चालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (सपिङ्ग सेन्टर), होटेल,रेष्टुरेन्ट लगायतमा विशेष छुटको व्यवस्था गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पटक प्रतिनिधिसभा बैठक स्थगित, साढे ४ बजे बस्ने
-
४५.६९ अंकले नेप्से बढ्दा ५ अर्ब २५ करोडको कारोबार
-
पर्साका नाका १० जेठदेखि ४८ घण्टा बन्द हुने
-
प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र
-
सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै
-
राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित