आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गोरखा शक्ति चोकमा सानिमा बैंकको शाखा

बिहीबार, १२ फागुन २०७८, २० : ०२
बिहीबार, १२ फागुन २०७८

सानिमा बैंक लिमिटेडले गोरखाको शक्ति चोकमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन बैंकका ब्राण्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेले संयुक्त रूपमा गरेका छन् ।

शाखा उद्घाटन समारोहमा मह जोडीले गोरखाको शक्ति चोकमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गरे । साथै, सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलता निम्ति शुभकामना व्यक्त गरे । 

गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सहज रूपमा सबैको पहुँच पुग्नेगरी सेवा प्रदान गर्न सुझाव दिए । सानिमा बैंकका सीईओ पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग निम्ति कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकले देशभर हालसम्म १२३ कार्यालय र १०३ वटा एटीएममार्फत बैंकिङ सेवा दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप