आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनु १,७१२ मतले अगाडि

बुधबार, ०४ जेठ २०७९, ११ : ४८
बुधबार, ०४ जेठ २०७९

भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले १ हजार ७ सय १२ मतले अग्रता बढाएकी  छन् । २७ हजार ४३८ मत गन्दा दाहालले ९ हजार ९७० मत ल्याउँदै अग्रता बढाएकी हुन् ।

त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार २५८ मतले पछ्याउँदैछन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत ल्याएका छन् । उपमेयरका चित्रसेन अधिकारीले ११ हजार ९५६ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६ हजार ७४२ मत पाएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप