सर्लाहीको लालबन्दीका तीन विपन्न परिवारलाई घर
बरहथवा । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रका विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । मधेस प्रदेश सरकारको महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत लालबन्दी नगरपालिका–५ मा दुई र लालबन्दी नगरपालिका–१० मा एक परिवारका लागि निर्माण गरिएका आवास भवन हस्तान्तरण गरिएको हो । आज एक कार्यक्रमका बीच मधेस प्रदेश सरकारकी श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले लाभग्राहीलाई घर हस्तान्तरण गरिन् ।
लालबन्दी नगरपालिका–५ निवासी हरि धमला र मैतीदेवी तामाङ तथा वडा नं १०, निवासी गणेशबहादुर मिरिङचिङलाई घर हस्तान्तरण गरिएको नगरपालिकाका उपप्रमुख कल्पनामाया पाख्रिनले जानकारी दिइन् । घर पाएपछि विपन्न परिवारमा खुसी छाएको छ । लाभग्राही धमलाले आफूहरूले जीवनभर दुःख गर्दा पनि बाँस जोड्न नसकेका अवस्थामा प्रदेश सरकारले घर बनाइदिएकामा खुसी व्यक्त गरे ।
श्रमदानसहित रु पाँच लाख ६५ हजारको लागतमा निर्माण गरिएको प्रत्येक आवास भवनमा दुईवटा सुत्ने कोठा, एउटा भान्सा कोठा र शौचालय तथा खानेपानीको धारासमेत जडान गरिएको छ । जस्तापाताको छानो भएको उक्त घर आधुनिकसँगै भूकम्पप्रतिरोधी रहेको मन्तव्यका क्रममा मन्त्री लुङ्गेलीले उल्लेख गरिन् । यसै कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा पनि चार विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा लालबन्दी नगरपालिकाका उपप्रमुख पाख्रिनले आवास कार्यक्रमले घरवारविहीन विपन्न नागरिकलाई ठूलो राहत पुगेको बताइन् । भवन हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष मीनप्रसाद ढुङ्गेल, राजन काफ्ले, बज्रमणि लामा, सुमन अमात्यलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण