श्रीमानलाई जोगाउन जाँदा करेन्ट लागेर श्रीमतीको मृत्यु
काठमाडौँ । सर्लाहीमा श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-९ रामनगर बस्ने २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।
घर अगाडि ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा तारलाई कुसुमको श्रीमान् ३४ वर्षीय रम्भा महतोले उठाउने क्रममा करेन्ट लागेको थियो । सो देखेपछि कुसुमले छुटाउन खोज्दा दुवै जना करेन्ट लागेर घाइते भएका थिए ।
घाइतेमध्ये कुसुमको सिद्धि विनायक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै रम्भाको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ ।
यता चितवनको माडी नगरपालिका-२ जीवनपुर बस्ने ५५ वर्षीय शिव प्रसाद मर्दनियाको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतको धारामा हात धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण