बिग बोस फेम अब्दू रोजिकले गरे इन्गेजमेन्ट
नयाँ दिल्ली । बिग बोस फेम अब्दु रोजिकले इन्गेजमेन्ट गरेका छन् । अब्दुले शुक्रबार राति सामाजिक सञ्जालमा दुईवटा पोस्ट सेयर गर्दै आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेका थिए ।
मंगेतर अमिराको साथमा तस्बिर शेयर गर्दै उनले आफ्नो प्रेमकथा पनि भनेका थिए । आफूले प्रेम विवाह गर्न लागेको अब्दूले बताएका छन् । अमिरा र उनको विगत चार महिनादेखि चिनजान भएको बताइएको छ । आफूहरूले जुलाई ७ मा विवाह गर्ने र आफ्नो बिहेमा सलमान खान पनि आउने बताइएको छ ।
अब्दुले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनी निकै खुसी देखिन्छन् । भिडियोमा आफूले इन्गेजमेन्ट गर्न लागेको उनले बताएका थिए । त्यसको एक दिनपछि शनिबार अब्दुले आफ्नो इन्गेजमेन्ट समारोहका दुई तस्बिर सेयर गरेका थिए । यी तस्बिरहरूमा अब्दु परम्परागत पोसाकमा अमिरासँग औंठी साटिरहेका देखिन्छन् ।
अमिराले शारजाहबाट बिजनेस एडमिनिस्ट्रेशन पढिरहेकी अब्दूले बताएका छन् । अमिरा र आफ्नो बिहे जुलाई ७ मा दुबईमा हुने अब्दूले बताए । यो विवाह समारोहमा सलमान खानसहित धेरै ठुला सेलिब्रेटीहरु सहभागी हुने बताइएको छ । सलमानले पनि आफूलाई फोन गरेर बधाई दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण