एप्पल र ओपनएआईबीच साझेदारी, आइफोनमा पनि अब च्याटजीपीटी
काठमाडौँ । आइफोन निर्माता कम्पनी एप्पल र च्याटजीपीटीको निर्माता ओपनएआईबीच साझेदारी भएको हल्ला चलिरहेको छ । केही दिन अघि एउटा एप्पलले आफ्नै एआई प्रोजेक्टमा काम गर्न छोडेको खबर आएको थियो । अहिले भने एप्पलको आईफोनमा च्याटजीपीटी सपोर्ट दिइने खबर आइरहेको छ । तर यसबारे दुवै पक्षले अहिलेसम्म पुष्टि गरेका छैनन् ।
ब्लुम्बर्गको एउटा समाचार अनुसार च्याटजीपीटी सपोर्टका लागि एप्पल र ओपनएआईबीच सम्झौता भएको छ । तर दुवै कम्पनीले यसको आधिकारिक पुष्टि गरेका छैनन् । सम्झौतअन्तर्गत आईओएस १८ मा च्याटजीपीटी चलाउन पाइनेछ । तर सम्झौता अनुसार आइफोनमा च्याटजीपीटीका कुन कुन विशेष फिचर चलाउन पाइन्छ भन्ने पनि स्पष्ट जानकारी आएको छैन ।
गएको वर्ष मात्रै एप्पलका सीईओ टिम कुकले आफूले व्यक्तिगत रूपमा च्याटजीपीटी प्रयोग गरिरहेको बताएका थिए । उनले त्यतिबेला भविष्यमा एप्पलका उत्पादनहरूमा एआई सर्पोट पाइने बताएका थिए । केहि दिन अघि एउटा समाचार आएको थियो । यसमा ओपनएआई आफ्नै सर्च इन्जिनमा काम गरिरहेको भनिएको थियो । तर अहिले भने ओपनएआई सीईओ साम अल्टम्यानले कम्पनीले कुनै सर्च इन्जिनमा काम गरि नरहेको तर दुनियाँले मन पराउने प्रडक्टमा काम गरिरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण