जुवातास खेलिरहेका ८ जना पक्राउ, हतियार पनि बरामद
शनिबार, २९ वैशाख २०८१, १६ : ४८
तनहुँ । व्यास नगरपालिका-३ अनसन चौतारी बस्ने ४५ वर्षीय लक्ष्मण मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा मल्ल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ६८ हजार ८ सय १८ रुपैयाँसहित पक्राउ गरेको हो । साथै मल्लको घर तलासी गर्ने क्रममा २२ बोरको हर्नेट राइफल १ थान, म्यागेजिन १ थान र गोली १ राउन्ड फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण