आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अग्रता बढाउँदै रेनु दाहाल, २०२० मतले पछि परे विजय

बुधबार, ०४ जेठ २०७९, १८ : २०
बुधबार, ०४ जेठ २०७९

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । उनले पछिल्लो मतपरिणामअनुसार  २०२० मतको अग्रता बनाएकी हुन् । 

हालसम्म ३०५५४ मत  गणना गर्दा दाहालले १११९५ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदी पछि परेका छन् । उनले जम्मा ९०७५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५००३ मत पाएकी छन् । 

यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १३३५५ मत प्राप्त गर्दा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ७४४३ मत पाएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप