रुसले फेरि गर्यो कीभमा आक्रमण, पाँच युक्रेनी गाउँ कब्जा गरेको दाबी
मस्को । रुस र युक्रेनबिच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिले पनि यो युद्ध रोकिने कुनै सम्भावना देखिँदैन । यसैबिच, रुसी सेनाले युक्रेनका पाँचवटा गाउँ कब्जा गरेको खबर आएको छ । युक्रेनी अधिकारीहरूले यो खबरको पुष्टि गरेका छैनन् ।
युक्रेनको खार्किभ र रुसको सिमानामा विवादित ग्रे जोन छ । बोरिसिभका, ओहर्टसेवे, पिल्ना र स्ट्राइलेचा गाउँ शुक्रबार रूसी सेनाले कब्जा गरेको युक्रेनी पत्रकारलाई उद्धृत गर्दै एउटा सञ्चार माध्यमले खबर छापेको थियो । खबरका अनुसार रुसले प्लाटिनिभका गाउँलाई पनि नियन्त्रणमा लिएको दाबी गरिएको छ ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शनिबार साँझ स्ट्राइलेचा र प्लेटेनिभकाका साथै क्रास्ने, मोरोखोभेट्स, ओलिनिकोभ, लुक्यान्सी र हातिसेमा पनि लडाइँ जारी रहेको बताएका थिए । आफ्नो सेनाले दोस्रो दिन पनि बदला लिइरहेका र युक्रेनी क्षेत्रको रक्षा गरिरहेको उनको भनाइ थियो ।
हजारौँ मानिस पलायन हुन बाध्य
जियोलोकेटेड फुटेजले कम्तीमा एउटा गाउँ रुसले कब्जा गरेको पुष्टि गरेको यसअघि शुक्रबार इन्स्टिच्युट फर द स्टडी अफ वारले भनेको थियो । युक्रेनी अधिकारीहरूका अनुसार उक्त क्षेत्रमा नयाँ आक्रमणले बस्तीमा बसोबास गर्ने १ हजार ७०० भन्दा बढी सर्वसाधारणलाई पलायन हुन बाध्य भएका थिए ।
अमेरिकाले युक्रेनलाई दियो थप सहायता
एक दिनअघि मात्रै अमेरिकाले युक्रेनलाई फेरि सहयोगको हात बढाएको खबर आएको थियो । बाइडेन प्रशासनले युद्धका लागि ४० करोड डलरको सैन्य सहायता घोषणा गरेको छ । यो युक्रेनको लागि राहतको खबर हो । रुसको बढ्दो दबाबको बीचमा पश्चिमी देशहरूबाट सहयोगको खाँचो झनै बढेको छ । नयाँ सैन्य सहायता प्याकेजमा प्याट्रियट एयर डिफेन्स हतियार र स्टिन्जर एन्टि–एयरक्राफ्ट मिसाइलहरू समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण