आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा भयो ५० हजार मतगणना : गठबन्धनका धनराज दुई हजारले अगाडि

बिहीबार, ०५ जेठ २०७९, ०८ : ०१
बिहीबार, ०५ जेठ २०७९

कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजारभन्दा बढीको मतान्तर बनाएका छन् । ५० हजार ११७ मत गणना हुँदा आचार्यले २० हजार  ७४९ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत पाएका छन् । 

यस्तै उपमेयरमा एमालेका उम्मेदवारको झिनो अग्रता छ । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २० हजार ​९७७ मत पाउँदा गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ​९६३ मत पाएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप