आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फ्रेन्च ओपनको फाइनलमा नाडाल

शनिबार, २१ जेठ २०७९, ०७ : २५
शनिबार, २१ जेठ २०७९

वाकओभरमा एलेक्सजेण्डर ज्वेभरेभलाई पछि पार्दै स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति फ्रान्स राजधानी पेरिसमा जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभ दोस्रो सेटमा  घाइते भएपछी वाकओभर पाउँदै नाडाल उपाधि नजिक पुगेका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७-६ ले जितेका थिए । तर, दोस्रो सेट ६-६ को स्थितिमा रहेको थियो ।

अब नाडालले फाइनलमा कास्पर रूड र मरिन क्लिकबीचको विजेतासँग खेल्ने छन् । उनले १३ पटक फ्रेन्च ओपन जित्दै कीर्तिमान कायम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप