शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुर–३ मा डा. भट्ट, प्रदेशसभा ‘क’ मा रावल र ‘ख’ मा सुनार विजयी

मङ्गलबार, २६ मङ्सिर २०७४, ०९ : ०१
मङ्गलबार, २६ मङ्सिर २०७४

कञ्चनपुर -  कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट नेकपा एमालेका उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत ल्याउनुभएको छ । 

यसैगरी निर्वाचन क्षेत्र नं ३ ९क० प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका प्रकाश रावल १२ हजार ८१७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गर्नुभएको छ । 

सोही निर्वाचन क्षेत्रको ९ख० प्रदेशसभाका वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकतटम प्रतिद्वन्द्वी काँग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५४९ मत प्राप्त गर्नुभएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप