कमेडी च्याम्पियनमा पूर्वराजाको प्रस्तुतिले चर्चामा प्रेम
काठमाडौँ । कमेडियन प्रेम विश्वकर्मा यतिबेला सामाजिक संजालमा चर्चामा छन् । ‘कमेडी च्याम्पियन सिजन ३’को बिहीबारको एपिसोडमा पूर्वराजा ज्ञानेन्द्र शाहको गेटअफमा प्रस्तुति दिएपछि उनको चर्चा चुलिएको हो ।
पूर्वराजाको गेटअफमा राजतन्त्र फर्काउने र नेताहरूको विभिन्न क्रियाकला प्रति उनले तिखो ब्याङ्ग्य गरेका थिए । प्रतियोगिताको उत्कृष्ट १६ बाट बाहिरिएका उनी च्यालेन्जरको भित्रिएका थिए ।
उत्कृष्ट १६ बाट बाहिरिएकालाई च्यालेन्जरको रूपमा प्रतियोगितामा एक पटक मौका दिने चलन छ । उक्त अवसरका कारण उनले बिहीबार प्रस्तुति दिन पाएका थिए ।
शुक्रबारको एपिशोडमा उनको प्रस्तुतिले ‘पफमर अफ द वीक’ पायो भने उनी १६ बाट बाहिरिए पनि टप ६ मा प्रवेश गर्नेछन् ।
विश्वकर्मा बालबालिकाको लोकप्रिय कार्टुट मोटु पत्लुको क्यारिकेचर गरेर अडिसन दिएका उत्कृष्ट ३० मा छानिएर प्रतियोगितामा पहिलो पटक भित्रिएका थिए ।
‘कमेडी च्याम्पियन’मा हरेक साता अघिल्ला उत्कृष्ट १६ बाट बाहिरिएका दुई प्रतियोगीले च्यालेन्जरको रूपमा प्रतिस्पर्धा गरिरहेका छन् । जुन सिलसिला आगामी हप्तासम्म चल्ने बताइएको छ । अहिले यो शोमा उत्कृष्ट ७ ले आफ्नो प्रस्तुति दिँदै फाइनल तर्फ अगाडि बढिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण