केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका–३ घर भएका ३१ वर्षीय हितेन्द्र पासवान ४ दिनदेखी परिवारको सम्पर्कमा थिएनन् । परिवारका सदस्यहरू उनको खोजीमा निस्किए । धनुषाको जनकपुरस्थित होटलहरुमा खोज्दै जाँदा रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउस सञ्चालकले भने,‘यहाँ दुईजना महिला पुरुष ४ दिनदेखि बसिरहेका छन् ।’
परिवारका सदस्यहरूले कोठा नम्बर २०५ मा पुगेर ढोक ढकढक्याए । भित्रबाट बच्चा रोएको आवाज आइरह्यो तर, ढोका खुलेन् । होटल सञ्चालकले प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवा भन्छन्,‘हामी गएर अर्को बाटोबाट हेर्दा दुईजना झुण्डिरहेको देख्यौँ ।’
कोठाभित्र हितेन्द्र र पिपरा माइतिघर भएकी २५ वर्षीया प्रियंका कापर झुण्डिरहेका थिए । सिलिङमा रहेको डण्डीमा सलको पासो लगाएर दुवैजना झुण्डिएको डीएसपी अवाले बताए । उनी भन्छन्,‘घटनास्थलमा भेटिएकी बालिका मृतक प्रियंकको रहेको थाहा भएको छ ।’
साढे २ वर्षीया बालिका लिएर प्रियङ्का हितेन्द्र सँगै होटलमा गएकी थिइन् । प्रियंकाको विवाह महोत्तरीको लोहारपट्टि नगरपालिका–४ स्थित खट्टामा भएको थियो ।
मृतक दुवैजना विवाहित हुन् । विवाहेत्तर सम्बन्धका कारण उनीहरूको दुखान्त भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
दुवै परिवार घटनास्थलमा पुगेका छन् । मृतकहरुको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण