केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज

काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका–३ घर भएका ३१ वर्षीय हितेन्द्र पासवान ४ दिनदेखी परिवारको सम्पर्कमा थिएनन् । परिवारका सदस्यहरू उनको खोजीमा निस्किए । धनुषाको जनकपुरस्थित होटलहरुमा खोज्दै जाँदा रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउस सञ्चालकले भने,‘यहाँ दुईजना महिला पुरुष ४ दिनदेखि बसिरहेका छन् ।’
परिवारका सदस्यहरूले कोठा नम्बर २०५ मा पुगेर ढोक ढकढक्याए । भित्रबाट बच्चा रोएको आवाज आइरह्यो तर, ढोका खुलेन् । होटल सञ्चालकले प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवा भन्छन्,‘हामी गएर अर्को बाटोबाट हेर्दा दुईजना झुण्डिरहेको देख्यौँ ।’
कोठाभित्र हितेन्द्र र पिपरा माइतिघर भएकी २५ वर्षीया प्रियंका कापर झुण्डिरहेका थिए । सिलिङमा रहेको डण्डीमा सलको पासो लगाएर दुवैजना झुण्डिएको डीएसपी अवाले बताए । उनी भन्छन्,‘घटनास्थलमा भेटिएकी बालिका मृतक प्रियंकको रहेको थाहा भएको छ ।’
साढे २ वर्षीया बालिका लिएर प्रियङ्का हितेन्द्र सँगै होटलमा गएकी थिइन् । प्रियंकाको विवाह महोत्तरीको लोहारपट्टि नगरपालिका–४ स्थित खट्टामा भएको थियो ।
मृतक दुवैजना विवाहित हुन् । विवाहेत्तर सम्बन्धका कारण उनीहरूको दुखान्त भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
दुवै परिवार घटनास्थलमा पुगेका छन् । मृतकहरुको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री
-
कृषिमा आयात प्रतिस्थापन गर्न यान्त्रिकीकरणमा जोड दिँदैछौँ– मन्त्री अधिकारी
-
पुर्खाको थलो गोरखा आउन पाउँदा निकै खुसी लाग्यो : पूर्वराजा शाह
-
जनमत पार्टी सांसदका श्रीमान् नै जसपा नेपाल प्रवेश
-
आर्थिक समृद्धिका लागि पानीको उपयोग गर्नुपर्छः उर्जामन्त्री
-
मनकुमारी