सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महिनाभर रोटी, भात र पाउरोटी खाएन भने शरीरमा के हुन्छ ?

बुधबार, १२ वैशाख २०८१, १७ : ४४
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । नेपालीहरूले नियमित खाने खानेकुरा हुन् भात, रोटी, आलु आदि । यी सबैमा भरपुर मात्रामा कार्बोहाइड्रेट्स  पाइन्छ । बिहानको खानादेखि दिउँसोको खाजा र रातिको खानासम्ममा कार्बोहाइड्रेट्स  सबैभन्दा बढी हुन्छ ।

जरुरी पोषक

कार्बोहाइड्रेट्स शरीरका लागि जरुरी पोषक तत्त्व हो । यसलाई शरीरले ग्लुकोज वा ब्लड सुगरमा परिणत गर्दछ । यसबाट शरीरले काम गर्न ताकत प्राप्त गर्छ ।

काब्र्स छोड्यो भने के हुन्छ ?

केही मानिसहरु तौल कम गर्न कार्बोहाइड्रेट्सको सेवन नै बन्द गरिदिन्छन् । हामीले कार्बोहाइड्रेट्स छुँदै छोएनौँ भने शरीरमा कस्ता कस्ता असर हुन्छ होला ?

तौल घट्छ

शरीरमा अचानक कार्बोहाइड्रेट्सको कमी भयो भने तौल पनि घट्छ । यो तौलमा निकै धेरै वजन भने शरीरमा हुने पानीको पनि हुन्छ । काब्र्स कम गर्दा मसल्समा रहेको ग्लाइकोजन स्टोरेज सकिँदै जान्छ । यसले शरीरमा पानीलाई रोकेर राख्छ । काब्र्स कम गर्दा शरीरमा सोयिडम (नुन) पनि कम हुन्छ । जसका कारण शरीरबाट पानी पनि बाहिर जान्छ । काब्र्स खान सुरु गर्ने बित्तिकै वाटर वेट पनि तुरुन्तै बढ्न थाल्छ ।

कीटो फ्लु

काब्र्स कम खाँदा शरीर कीटोसिसको स्थितिमा जान्छ । जसका कारण कमजोरी हुने, थकाइ लाग्ने, रिंगटा लाग्ने र टाउको दुखाइ जस्ता समस्याहरू हुन थाल्छन् । यसका कारण पेट दुखाई, वाकवाकी लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छन् ।

ब्रेन फग

शरीरले रगतमा चिनीको मात्रा सामान्य राख्ने कोसिस गर्दा धमिलो देखिने समस्या हुन सक्छ । कहिलेकाहीँ सुत्नमा समस्या हुन सक्छ । थकान हुन सक्न अनि ब्रेन फगको पनि समस्या हुन सक्छ । काब्र्स कम भएको खानेकुरामा फाइबर पनि कम हुन्छन् । यसका कारण कब्जियत हुन सक्छ वा पेटमा बन्ने ग्यासले पाचन प्रणालीलाई बिगार्न सक्छ । पेट फुलेको जस्तो वा दुखेको महसुस हुन सक्छ । तपाईँले प्रशस्त पानी पिउनु भयो र पर्याप्त इलेक्ट्रोलाइट्स लिइरहनु भयो भने समस्याहरू लामो समयसम्म नरहन पनि सक्छन् ।

मुखबाट गन्ध

शरीर कार्बोहाइड्रेटसको सट्टा फ्याटी एसिडमा चल्न थाल्यो भने यसले सासमार्फत एसीटोनको रुपमा कीटोन्स छाड्न थाल्छ । यसका कारण सासबाट गन्ध आउन सक्छ । केही मान्छेले मुखबाट आउने दुर्गन्धको स्वाद सडेको स्याउ जस्तो हुने बताउँछन् । यसबाहेक मुख सुख्खा छ भने पनि सासबाट दुर्गन्ध आउन सक्छ । मुख ब्याक्टेरियाबाट लड्न ¥याल नहुने भएकोले यस्तो हुन्छ । त्यसैले सधैँ पर्याप्त मात्रामा पानी पिउनुहोस् ।

रगतमा चिनीको मात्रा कम हुने

लो–काब्र्स डाइटका कारण रगतमा चिनीको मात्रा कम हुन सक्छ । मधुमेह भएकाहरुलाई यसबाट केही फाइदा हुन सक्छ । तर काब्र्सको सेवन पूरै घटाउँदा हाइपोग्लाइसीमियाको जोखिम हुन सक्छ । रगतमा चिनीको मात्रा निकै कम हुँदा यस्तो हुन्छ । यसका लागि दिनहुँ भोजनमा कम्तीमा पनि १५ ग्राम कार्बोहाइड्रेट्स समावेश गर्नुहोस् । तपाईँलाई मधुमेह छ भने समय समयमा रगतमा चिनीको मात्रा चेक गरिरहनुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप