मटिहानीका अग्नि पीडितलाई विशेष राहत प्रदान गर्न कांग्रेस र तमलोपाको माग
धनुषा । विभिन्न राजनीतिक दलले महोत्तरीस्थित मटिहानीका आगलागी पीडितलाई राहत प्रदान गर्न माग गरेका छन् । शुक्रबार कांग्रेस तथा तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरूले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग सो माग गरेका हुन् ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले आगलागीबाट पूर्णतः जलेको मटिहानीको जरलहवा टोलका पीडितका लागि प्रदेश सरकारसँग विशेष राहतको माग गरिएको जानकारी दिए ।
आगलागी भएको लामो समय बित्दा पनि त्यहाँ हालसम्म बसोबासको कुनै व्यवस्था नभएको अध्यक्ष लालले बताए । वैशाख १२ गते भएको आगलागीबाट १५० घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
मुख्यमन्त्री यादवसँगको भेटमा नेताहरूले एकद्वार प्रणालीको नाममा अरूलाई राहत वितरण गर्न सरकारले अवरोध खडा गरिरहेको भन्दै दुखेसो पोखेका थिए । उनीहरुले स्थानीय प्रशासन, स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारबाट राजनीतिक क्रेडिटका लागि यस्तो नगर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
मुख्यमन्त्री यादवलाई भेट्न गएका नेताहरूले राजनीतिक समर्थनको आधारमा सहयोग वितरण गर्न नहुने र जनताको पैसाबाट गरिने सरकारी सहयोगमा व्यक्ति वा नेताको हालीमुहाली चल्न नहुने धारणा राखेका थिए ।
अग्नि पीडितका लागि मधेश सरकारले हालसम्म कुनै विशेष राहतको घोषणा नगरेकोमा रोष प्रकट गर्दै उनीहरुले पीडितलाई यथाशीघ्र राहत प्रदान गर्न आग्रह गरे । मधेश प्रदेशमा भूमिगत जलको सतह स्वाट्टै झरेर दैनिक उपयोग र खानेपानीको अभाव भएको समस्याप्रति समेत मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइएको अध्यक्ष लालले बताए ।
यस क्षेत्रमा देखिएको खानेपानीको समस्यालाई तत्काल समाधान गर्नका लागि ध्यानाकर्षण गराउँदै उनीहरुले भूमिगत जलको रिचार्जिङको निमित्त अल्पकालीन र दीर्घकालीन परियोजना सञ्चालन गर्न आग्रह गरेका छन् ।
पछिल्लो समय मधेश प्रदेशमा हत्या र दुर्घटनाका घटनाहरू समेत बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै नेताहरूले यसलाई तत्काल नियन्त्रण गर्न मुख्यमन्त्री यादवसँग आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण