नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा
पर्सा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन् । एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोधरुपमा चयन भएका हुन् ।
नवौँ अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गरेका थिए । तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्याशी जयप्रकाश थारु र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन भएका हुन् ।
पाँच पदाधिकारीसहित एक सय २७ सदस्यका लागि निर्वाचन हुन लागेको हो । अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदाधिकारी पदमा भने शुक्रबार निर्वाचन हुने कार्यतालिका छ । एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि भने शुक्रबार मतदान हुने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताए । उपाध्यक्ष पदमा लालबाबु शेख र मनोज गुप्ताको उम्मेदवारी परेको छ ।
सचिव पदमा महेश दास र नवराज शर्माको उम्मेदवारी परेको छ । पर्सा जिल्लामा १४ वटा पालिका छन् । तीमध्ये ११ पालिकाबाट जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
वीरगञ्ज, पर्सौनी र पर्सागढी पालिकाबाट जिल्ला सदस्य पदमा अहिलेसम्म सर्वसहमत हुन सकेको छैन । एमालेको नवौँ जिल्ला अधिवेशन सोमबार उद्घाटन सत्र भएको थियो । अधिवेशनको मङ्गलबार बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
-
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा.तुलाधर
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण