छात्रामाथि गोली प्रहार गर्ने अझै पक्राउ परेनन्
शुक्रबार, २१ वैशाख २०८१, १८ : २४
विराटनगर । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार गर्नेको अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार गोली लागेकी छात्राको अवस्था भने खतरामुक्त छ । गोली प्रहार भएको घटनाको विषयमा अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।
शुक्रबार बिहान १० बजेतिर छात्रा एनिका गजमेरमाथि दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकबाट कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा गोली प्रहार भएको थियो । उनको पेटमा गोली लागेको थियो । उक्त गोली भने दमकस्थित लाइफ लाइन अस्पतालका चिकित्सकले निकालेका छन् । छात्राको आफन्तले भने गोली प्रहार गर्ने सिरहाका अमितकुमार यादव रहेको दाबी गरेका छन् । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण