इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
शुक्रबार, १४ वैशाख २०८१, २० : १४
नयाँ दिल्ली । मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले म्यासेज इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्न सक्ने बताएको छ । इन्क्रिप्सन मार्फत पठाइएको सन्देश प्रेषक र प्राप्तकले मात्र पढ्न सक्छन् ।
दिल्लीको एक अदालतमा ह्वाट्सएपका वकिलले भने कि एन्ड–टु–एन्ड ईन्क्रिप्शनले प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्दछ । भारत सरकारले मेसेजिङ एपमा भइरहेको च्याट ट्रेस गर्ने र म्यासेज पठाउने व्यक्तिको पहिचान गर्ने सुविधा उपलब्ध गराउन कम्पनीसँग माग गरेको थियो ।
सामाजिक सञ्जालमा झुटा समाचार र भड्काऊ सामग्रीका कारण समाजमा अस्थिरता र हिंसा फैलाउने प्रयास भइरहेको सरकारको भनाई छ । त्यसैले कम्पनीलाई सन्देश इन्क्रिप्सन जारी गर्न भनिएको थियो । भारतमा ह्वाट्सएपका ५० करोड प्रयोगकर्ता छन् । भारत ह्वाट्सएपको सबैभन्दा ठुलो बजार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण