शनिबार र आइतबार चार प्रदेशमा पानी पर्ने पूर्वानुमान
काठमाडौँ । केही दिनयता उच्च तापक्रम मापन भइरहेका बेला शुक्रबारबाट नेपाली आकाशमा बादल देखिएको छ । आकाशमा बादल देखिएपछि तापक्रम केही घट्न पुग्दा कम गर्मीको महसुस भएको छ ।
शुक्रबार काठमाडौँको अधिकतम तापक्रम बुधबार र बिहीबारको तुलनामा घटेर ३०.५ डिसेमा झरेको छ । यसअघि काठमाडौँको तापक्रम ३३ डिसेभन्दा माथि पुगेको थियो । शुक्रबार काठमाडौँमा हल्का बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दुई साता लगातार तापक्रम बढिरहेकोमा बादल लाग्न थालेपछि तापक्रम केही घटेको हो । महाशाखाले शनिबार पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गर्ने र यो प्रणालीले वर्षासमेत गराउने आङ्कलन गरेको छ ।
‘शनिबार र आइतबार पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने देखिन्छ । त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ’, महाशाखाले शुक्रबार साप्ताहिक कृषि मौसम पूर्वानुमान गर्दै भनेको छ ।
यस्तो छ तीन दिनको कृषि मौसम पूर्वानुमान :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण