सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

गण्डकीको संसद् बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

शुक्रबार, २१ वैशाख २०८१, १५ : ००
शुक्रबार, २१ वैशाख २०८१

पोखरा । गण्डकी प्रदेशको संसद् बैठक बोलाइएको छ । बैठक आइतबार २३ गते बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । 

बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यसूची तय भएको छ । ‘माननीय मुख्यमन्त्री ज्यूले संविधानको धारा १६८ ९४० बमोजिम प्रदेश सभामा २३ गते विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने सूचना दिनुभएको छ,’ सभामुख कृष्ण धितालले भने, ‘आइतबारको कार्यसूची विश्वासको मत हो ।’

अधिकारीले यसअघि नै विश्वासको मत लिनका लागि संसद् बैठक बोलाइएको थियो । तर उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले प्रतिपक्षी दलहरू संसदमा उपस्थित भएका थिएनन् । जसका कारण कार्यसूची अघि बढेको थिएन ।  

चालू अधिवेशन वैशाख ७ गतेदेखि सुरु भएको हो । एक दिन बसेर बैठक स्थगित भएको छ । सर्वोच्चले अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उनी विश्वासको मत लिन लागेका हुन् । संविधान अनुसार वैशाख २४ भित्र अधिकारीले विश्वासको मत लिइसक्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप