गण्डकीको संसद् बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने
पोखरा । गण्डकी प्रदेशको संसद् बैठक बोलाइएको छ । बैठक आइतबार २३ गते बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यसूची तय भएको छ । ‘माननीय मुख्यमन्त्री ज्यूले संविधानको धारा १६८ ९४० बमोजिम प्रदेश सभामा २३ गते विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने सूचना दिनुभएको छ,’ सभामुख कृष्ण धितालले भने, ‘आइतबारको कार्यसूची विश्वासको मत हो ।’
अधिकारीले यसअघि नै विश्वासको मत लिनका लागि संसद् बैठक बोलाइएको थियो । तर उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले प्रतिपक्षी दलहरू संसदमा उपस्थित भएका थिएनन् । जसका कारण कार्यसूची अघि बढेको थिएन ।
चालू अधिवेशन वैशाख ७ गतेदेखि सुरु भएको हो । एक दिन बसेर बैठक स्थगित भएको छ । सर्वोच्चले अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उनी विश्वासको मत लिन लागेका हुन् । संविधान अनुसार वैशाख २४ भित्र अधिकारीले विश्वासको मत लिइसक्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण