कारबाहीमा परे कोहली
सोमबार, १० वैशाख २०८१, २० : १६
काठमाडौँ । आइतबार खेलिएको कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा इन्डियन प्रिमियर लिग (आईपीएल) को आचारसंहिता उल्लंघन गरेको भन्दै विराट कोहलीमाथि कारबाही गरिएको छ । उनको म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको हो ।
आईपीएलद्वारा विज्ञप्तिमा कोहलीमाथि किन कारबाही गरियो भन्ने स्पष्ट रुपमा नखुलाए पनि खेलमा उनी आउट भएपछि देखाएको प्रतिक्रिया कारण कारबाहीमा परेको हुन सक्ने बताइएको छ ।
रोयल च्यालेन्जर्स बैंगलुरुले २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा कोहली तेस्रो ओभरमा ७ बलमा १८ रन बनाउँदा आउट भएका थिए । हर्षित रानाको हाई फुलटस बलमा उनी कट एन्ड बोल्ड भएका थिए ।
कोहली उक्त बल नो–बल हुनुपर्ने माग गरेका थिए । तर, हक आई बल ट्रयाकिङकले उक्त बल वैद्य भएको देखाएको थियो । उनी यस निर्णयबाट खुसी थिएनन् र उनले अम्पायरसँग आफ्नो असन्तुष्टि पोखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण