शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कारबाहीमा परे कोहली

सोमबार, १० वैशाख २०८१, २० : १६
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । आइतबार खेलिएको कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा इन्डियन प्रिमियर लिग (आईपीएल) को आचारसंहिता उल्लंघन गरेको भन्दै विराट कोहलीमाथि कारबाही गरिएको छ । उनको म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको हो ।

आईपीएलद्वारा विज्ञप्तिमा कोहलीमाथि किन कारबाही गरियो भन्ने स्पष्ट रुपमा नखुलाए पनि खेलमा उनी आउट भएपछि देखाएको प्रतिक्रिया कारण कारबाहीमा परेको हुन सक्ने बताइएको छ ।

रोयल च्यालेन्जर्स बैंगलुरुले २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा कोहली तेस्रो ओभरमा ७ बलमा १८ रन बनाउँदा आउट भएका थिए । हर्षित रानाको हाई फुलटस बलमा उनी कट एन्ड बोल्ड भएका थिए । 

कोहली उक्त बल नो–बल हुनुपर्ने माग गरेका थिए । तर, हक आई बल ट्रयाकिङकले उक्त बल वैद्य भएको देखाएको थियो । उनी यस निर्णयबाट खुसी थिएनन् र उनले अम्पायरसँग आफ्नो असन्तुष्टि पोखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप