आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा बेवारिसे अवस्थामा महिलाको शव फेला

शनिबार, ०९ मङ्सिर २०८०, २१ : ३९
शनिबार, ०९ मङ्सिर २०८०

रौतहट । रौतहटको राजापुर नगरपालिकामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । राजापुर नगरापालिका–९ लाल बैरिया नदीको पश्चिमी बाँधतर्फको भिरालो जमिनमा पहिचान नखुलेको अन्दाजी २०–२२ वर्षीय महिलाको शव फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रवक्ता तथा डिएसपी दामोदर केसीले बताए ।  बरामद शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले मृतक महिलको शव चिन्नेले सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप