आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

घट्यो ब्रोकर कमिसन : १ करोड रुपैयाँमाथिको कारोबारमा अब ०.२४ प्रतिशत मात्र लिन पाइने

सोमबार, २४ वैशाख २०८१, १८ : ४१
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । धितोपत्र कारोबारब्रोकर (सेयर दलाल) कमिसन घटेको छ । सरकारले सेयर कारोबार गरेबापत ब्रोकरले लिँदै आएको कमिसनमा १० प्रतिशतले घटाउने निर्णय गरेको हो । 

नेपाल धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले ब्रोकर कमिसनको सहमति दिएको हो । योसँगै हाल कायम ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्मको ब्रोकर कमिसन न्यूनतम ०.२४ प्रतिशतमा झर्ने भएको छ । 

हालको ब्रोकर कमिसनको रेट अनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ब्रोकर कम्पनीहरूले ०.४० प्रतिशत कमिसन लिइरहेका छन् भने ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत लिने गरेका छन् । 

अब, १० प्रतिशतले कमिसन घट्दा यस्तो कमिसन क्रमशः ०.६६ प्रतिशत र ०.३३ प्रतिशतमा झर्नेछ ।

यस्तै, ५ लाख भन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

अब यस्तो कारोबारको कमिसन क्रमशः ०.३१ प्रतिशत,०.२७ प्रतिशत र ०.२४ प्रतिशत झर्नेछ । घटेको कमिसन आगामी जेठ १ देखि लागू हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप